Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

कर्णालीमा  १८ जना डिस्चार्ज,१३ मा संक्रमण पुष्टि

दैलेख :  कर्णाली प्रदेशमा १८ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशका चार वटा प्रयोेगशालामा १५४७ जनाको पिसिआर परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना, जुम्ला,बारा,मकवानपुर,मोरङका एक –एक जना गरी ११ जना, चौरजजारी पिसिआर प्रयोगशालामा रुकुमपश्चिममा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत सुनिल लिम्बुले जानकारी दिए । यो संगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या २३ सय ७६ पुगेको छ ।

error: Content is protected !!