Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

समयमै उपचार नपाउँदा दैलेखमा सुत्केरीको मृत्यु

दैलेख  : समयमै उपचार नपाउँदा सुत्केरीको ज्यान गएको छ । दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी निवासी २३ वर्षीया पार्वती शाहीको उपचार अभावमा निधन भएको हो। प्रसूतीका लागि उनलाई शुक्रबार बिहान ११ बजे प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा भर्ना गरिएको थियो । शुक्रबार दिउँसो २ बजे पार्वतीले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन । सुत्केरी भइसकेपछि अत्याधिक रक्तश्राव भएर उनको मृत्यु भएको आफन्तले बताएका छन । अत्याधिक रक्तश्रावका स्वास्थ्य केन्द्रको लापरवाहीले उनको मृत्यु भएको आफन्तले आरोप लगाएका छन ।

सुत्केरीका जेठाजु टेक बहादुर शाहीले दरबन्दीका प्रथामिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भएपनि डाक्टर स्वास्थ्य केन्द्रमा नभएकाले उपचारको अभावमा सुत्केरी शाहीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको बताए । गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १२ भदौमा सुत्केरी भएकी शाहीलाई रक्तश्राव नरोकिएपछि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। तर, अस्पताल नपुग्दै उनको मृत्यु भयो ।

प्रथामिक स्वास्थ्य केन्द्र लकान्द्रका प्रमुख लक्ष्मी रावतले सुत्केरी व्यथा लागेर आउँदा देखी बच्चा जन्मिदा सम्म उहाँको स्वास्थ्य अवस्था राम्रो भएको र एक्कासी रक्तश्राव बढेपछि यहाँ उपचार गर्न सम्भव नभएसी रिफर गरिएको बताईन । उनले सुत्केरीको मृत्यु भएपछि त्यहाँका स्थानीय र आफन्तले डाक्टरको दरबन्दी हुदाँ पनी डाक्टर नगएको भन्दै स्वास्थ्य केन्द्रमा ताला लगाएको बताईन । उभने मृतकका आफन्तहरुले क्षतीपुती दिनुपर्ने,स्वास्थ्यकेन्द्रमा डाक्टर बस्नुपर्ने,औषधी उपकरणको व्यवस्था राम्रो हुनु पर्ने लगायतका माग राख्दै सुत्केरीको शव स्वास्थ्य केन्द्रमा राखेर प्रर्दशन गरिरहेको बताईन ।