Loading... आजः सोमवार, साउन १८, २०७८
Trending

सुर्खेतमा लागेको निषेधज्ञा हट्यो


सुर्खेत :  सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा शनिबार १३ गतेबाट हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडपर्वलाई लक्षित गर्दै कोरोना भाइरस कोभिड –१९ को महामारी समुदाय स्तरमा फैलन नदिन भदौ १ गतेबाट वीरेन्द्रनगरमा निषेधाज्ञा लगाएको थियो ।

‘चाडपर्वमा हुने भीडभाडले कोरोनाको जोखिम बढ्ने भएकोले भदौ १ गतेबाट लगाइएको निषेधाज्ञा शनिबारबाट हटाइने छ,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निषेधाज्ञा खोलेपनि भीडभाड गर्ने विभिन्न कार्यक्रम गर्ने जस्ता क्रियाकलापमा प्रशासनले कडाई गर्ने बताए । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार भाद्र १३ गतेदेखि बिहान ५ बजेबाट साँझ ७ बजेसम्म बजार खुला गरिने छ । अतिआवश्यकीय लगायतका अन्य विषयमा विशेष सर्तकता अपनाइने छ ।

error: Content is protected !!