Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

नेपालमा कोरोना संक्रमितको संख्या कुल ३६ हजार ४५६ पुग्यो


काठमाडौँ  : नेपालमा ९२७ कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३६ हजार ४५६ पुगेको जनाएको छ । शुक्रवार ३३४ महिला र ५९३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार १९ रहेका छन् । होम आइसोलेसनमा छहजार ४४६ र संस्थागत आइसोलेसनमा नौ हजार ५७३रहेका छन् ।

आइसीयूमा १६४ जना रहेका छन् भने भेन्टिलेटरमा २२ जना रहेर उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा १६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार २४२ पुगेको छ ।