Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

एक जना पत्रकार सहित ११ जनामा कोरोना संक्रमण पुष्टि

दैलेख :  दैलेखमा एक जना पत्रकार सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय, पीसीआर प्रयोगशालामा भएको परीक्षणमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । दैलेखमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै जॉदा पहिलो पटक पत्रकारलाई कोरोना देखिएको हो ।

कोरोना देखिएका ती पत्रकारलाई अहिले सदरमुकामस्थित आइसोलेसन अस्पतालमा राखिएको छ । कोरोना संक्रमित पत्रकारलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसीले बताए । कोरोना संक्रमणको आशंका गरिएका ती पत्रकारको बिहीबार स्वाब संकलन गरिएको थियो ।

error: Content is protected !!