Loading... आजः शनिबार, कार्तिक ६, २०७८
Trending

थप १२ जनाको मृत्यु ,मृत्यु हुनेको संख्या १९५ पुग्यो


काठमाडौँ :  कोभिड १९ का कारण पछिल्लो २४ घन्टायता नेपालमा थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा डा।जागेश्‍वर गौतमले २४ घण्टामा थप १२ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

प्रवक्ता डा गौतमले ४ जना महिला र ८ जना पुरुषको कोरोना संक्रमणबाट मुत्यु भएको बताएका छन्। ज्यान गुमाउने महिलाहरूमा मोरङका २ जना भक्तपुरकी एक जना मकवानपुरकी एक जना महिलाले पनि ज्यान गुमाएकी छन्। ज्यान गुमाउने पुरुषहरूमा ८ जना रहेका छन्। जसमा उदयपुरका एक जना पर्साका एक जना धनुषाका एक जना सिरहाका एक जना झापाका ८एक जना , चितवनका एक जना छन । त्यस्तै पछिल्लो २४ घन्टायता ज्यान गुमाउनेहरूमा कास्कीका एक् जना र रुपन्देहीका एक जना रहेका छन । गौतमका अनुसार शुक्रबारसम्म देशभर ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ।

error: Content is protected !!