Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सल्यान कारागारमा क्षमता भन्दा आठ गुणा बढि कैदी

सल्यान  :  जिल्ला कारागार सल्यानमा क्षमताभन्दा अत्यन्तै बढी कैदीबन्दी राखिँदा समस्या हुन थालेको छ। अटाइ नअटाई कैदीबन्दी राखिँदा उनीहरु भान्साकोठा, कोलियामा सुत्न बाध्य भएका छन्। कारागारमा क्षमताभन्दा करिब आठ गुणा बढी कैदीबन्दी राखिएको छ।

कारागार २० जना कैदीबन्दी राख्ने क्षमताकोे हो। तर बढीमा कोचेर राख्दा पनि ४० जना मात्र अट्छ। जिल्ला कारागार सल्यानका जेलर बलबहादुर केसी भन्छन्, ‘भान्साकोठादेखि कोलिया र ढोकासम्म लाइन लगाएर कैदीहरुलाई सुताउनुपर्ने बाध्यता छ।’ कारागारमा चार बालबालिकासहित १ सय ४४ जना छन्।

तिनमा १ सय १८ पुरुष र २२ जना महिला रहेका जेलर केसीले बताए। उनले गत वर्ष पनि क्षमताभन्दा बढी कैदीबन्दीका लागि राति सुत्ने समस्या भएपछि कारगारको एउटा कोठामा आकाशे खाट बनाइएको उनले बताए।