Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

रक्षामन्त्री र गृहमन्त्री आइसोलेसनमा


काठमाडौँ  :  एकजना सहयोगी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ,बादलु होम आइसोलेसनमा बसेका छन्। कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकमा चिया लैजान एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि पोखरेल र थापा होम आइसोलेसनमा बसेका हुन्।

उपप्रधानमन्त्री पोखरेल सिसिएमसीका संयोजकसमेत हुन्। सिसिएमसीको बैठकमा चिया लैजाने कार्यालय सहयोगीलाई कोरोना देखिएपछि दुवै मन्त्री घरमै बसेका हुन्। त्यही कार्यक्रममा उपस्थित भएका गृहमन्त्री थापाले पनि भेटघाट बन्द गरेर होम आइसोलेसनमा बसेका छन्। मन्त्रीद्वय होम आइसोलेसनमा बसेसँगै नेकपाले भोलि बोलाएको सचिवालय बैठकसमेत स्थगित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटवार्तापछि सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको छ।