Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

निषेधज्ञा कडाई गर्न प्रमुख जिल्ला अधिकारी आफै अनुगमनमा

 

दैलेख :  जिल्ला प्रशासन कार्यालय दैलेखले जारी गरेको निषेधज्ञालाई थप कडाई गर्न प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार लगायतको जिल्लाको सुरक्षा टोली लिएर बजार अनुगमनमा निस्कीएको छ । दैलेखको सदरमुकामका ढाकाटोलको बस्तीमा एकै दिन १४ जनामा कोरोना संक्रमण देखिएपछि भदौ ४ गते दिउसो २ बजे देखी जारी गरेको निषेधज्ञा तेस्रो पटक थप गरेर १२ गते राती १२ बजे सम्म जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले यस अघिको निषेधज्ञामा केही ठुला व्यक्तिहरु बाटै उलङघन भएको भन्ने जनगुनासो आएपछि आफु स्वयम सडकमा निस्केर बजारमा रहेका सबै व्यापारीलाई निषेधज्ञा पालना गर्न आग्रह गरेको बताए । उनले बजार अनुगमनको क्रममा धेरै मानिसहरु मास्कको प्रयोग नगर्ने गरेकाहरुलाई सम्झाएर पहिलो पटक छाडिएको र अटेर गरे कार्वाही गर्ने तयारी आफुले गरेको बताए ।

कर्णाली प्रदेशकै पहिलो कोरोना संक्रमित फेला पर्नेेदेखि प्रदेशका १० जिल्लामा सबै भन्दा धेरै संक्रमितहरु रहेको दैलेखमा अहिले एक हजार ३८ जना पुगिसकेका छन् । बिहिवार संक्रमित मध्ये ९ सय ८१ जनाले कोरोनालाई जितिसकेको र ५७ जना आइसोलेसनमा रहेका छन भने कोरोनाबाट प्रदेशमा चार जनाको मृत्यू हुँदा दैलेखमा तीनको ज्यान गुमाएका छन् । जारी गरेको निषेधज्ञा अवधिभर औषधि पसल लगायत स्वास्थ्य सेवा, खानेपानी, इन्धन, कृषि उपज ओसारपसार लगायतका अत्यावश्यकीय सेवाहरु विहान ६ बजेदेखि ८ बजेसम्म र अपरान्ह ४ बजेदेखि ६ बजेसम्म खुला रहने प्रशासनले जनाएको छ ।