Loading... आजः मङ्लबार, मंसिर १८, २०८१
Trending

४६ जिल्लाका एक हजार १११ जनामा कोरोना संक्रमण

काठमाडौँ  : देशभर पछिल्लो २४ घन्टामा ३३४ महिला र ७७७ जना पुरुष गरी थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ हजार ५२९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २७०, ललितपुरका ६६, भक्तपुरका ४१, खोटाङका १, मोरङका २०, संखुवासभाका ४, सुनसरीका ३८, धनुषाका ३९, पर्साका ८५, बाराका ३०, महोत्तरीका ७, रौतहटका १५, सप्तरीका २२, सर्लाहीका ६, सिरहाका ७, काभ्रेका १३, चितवनका ४५, दोलखाका २, धादिङका १, नुवाकोटका ७, मकवानपुरका ६३, रामेछापका ६, सिन्धुलीका ५, कास्कीका २ र गोर्खाका १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै तनहुँका ११, नवलपरासीका १७, पर्वतका १, लमजुङका ३, बागलुङका ८, कपिलवस्तुका २१, गुल्मीका ३, दाङका २, नवलपरासीका १८, प्यूठानका ४, बर्दियाका १, बाँकेका ७५, रुपन्देहीका ७२, जाजरकोटका ५, दैलेखका १२, सुर्खेतका ९, कञ्चनपुरका ६, कैलालीका २०, डोटीका ६, बझाङका १ तथा बैतडीका १७ जना संक्रमित थपिएका हुन्।

देशभर सक्रिय संक्रमित १५ हजार २ सय ७३ जना रहेका छन्। गत चौबीस घन्टामा १२ हजार ६२९ जनाको पीसीआर परिक्षण गरिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५६९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको संखया २० हजार ७३ पुगेको छ।