Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

६ जना डाक्टरमा कोरोना संक्रमण,ओपीडी सेवा एक साता बन्द

 

सुर्खेत :  कर्णाली प्रदेश अस्पतालका ६ जना डाक्टरलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बुधवार पाँच जना र मंगलवार एक जनामा कोरोना देखिएको अस्पताल निर्देशक डा डम्बर खड्काले बताए । उनका अनुसार कोरोना संक्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट डाक्टर र चार जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको उनले जनाए

चिकित्सकमा कोरोना देखिएपछि बिहीवारदेखि एक हप्ताको लागि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गरिने डा खड्काले बताए । यसअघि पनि अस्पतालका तीन जना चिकित्सकमा कोरोना देखिएको थियो । उनीहरू संक्रमणमुक्त भएर ड्युटीमा फर्किसकेका छन् ।

error: Content is protected !!