Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

अस्पताल पु¥याउन नपाँउदै नाबालक शिशुसहित सुत्केरीको मृत्यु

कालिकोट :  कालीकोटको रास्कोट नगरपालिका–२ सिप्खानाकी २८ वर्षीया शिर सार्की र उनको नाबालक शिशुको मृत्यु भएको छ। सुत्केरी शिरको ४ भदौ र उनले जन्माएकी नाबालक शिशुको भोलिपल्ट मृत्यु भएको हो।

सुत्केरी बेथा लागेपछि स्ट्रेचरबाट सेरा स्वास्थ्यचौकी लैजादै गर्दा बाटोमै छोरा जन्माएकी थिइन्। तर, सालनाल नखसेपछि जिल्ला अस्पताल लैजादै गर्दा शिरको मृत्यु भएको उनका जेठाजु हरसिंह सार्कीले बताए।

सालनाल नखसेपछि हामीले प्रसूति गृह लिएका थियौं। त्यहाँपनि उपचार हुन नसकेपछि जिल्ला अस्पताल लिदैं गर्दा बाटोमै मृत्यु भयो उनले भने। अविरल वर्षाले सडक बगाएपछि बोकेर लैजाउने प्रयास भएपनि अस्पताल नपुग्दै सुत्केरी शिरको मृत्यु भएको उनले बताए।