Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

नीजि विद्यालयमा बालबालिका पढाउने शिक्षकलाई १० हजार जरिवाना


दैलेख :   गुराँस गाउँपालिका दैलेखमा कार्यरत शिक्षक,कर्मचारी,जनप्रतिनिधिका छोरा छोरीलाई सामुदायिक विद्यालय अध्यापन गर्ने र शिक्षाको गुणस्तर बृद्धि गर्ने लक्ष्य लिएको गाउँपालिकाले छोराछोरीलाई नीजी विद्यालयमा अध्यापन गराउँने तीन जना शिक्षकलाई कार्वाही स्वरुव १० हजार जरिववाना तोकेको छ ।

गाउँपालिकाले मिती ३१ असार २०७७ मा वडा नं। ५ मा रहेको कृष्ण माध्यमिक विधालयका ३ जना शिक्षकलाई जरिवाना स्वरुप १० हजारका दरले गाउँपालिकामा रकम दाखिला गर्नुपर्ने भन्दै सो विधालयलाई पत्र पठाएको थियो। सोही पत्रको आधारमा सो विधालयका प्रधानाध्यापक सुरेन्द्रकुमार चन्दले ८ भदौमा ती शिक्षकहरूलाई पत्र लेखि गाउँपालिकाको आन्तरिक राजश्व कोषमा सो रकम दाखिला गर्न अनुरोध गरेका छन । सो विधालयमा कार्यरत शिक्षकहरू पदमवहादुर नेपाली, रोशनी मल्ल र कमला कुमारी चन्दको नाम उल्लेख गरी गाउँपालिकाले पत्र पठाएपछि सोही आधारमा जरिवाना स्वरुप सो रकम जम्मा गर्न प्रधानाध्यापक चन्दले उहाँहरुलाई पत्र लेखेको बताउनुभयो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख थीरेन्द्र बीसीले गाउँपालिकाले विधालयमा पठाएको पत्रमा गाउँ कार्यपालिकाको मिती २०७६ चैत २५ गतेको वैठकले सामुदायिक विधालयमा अध्यापन गराउने शिक्षकले आफ्ना छोराछोरी निजी विधालयमा अध्ययन गराएको भेटिएमा १० हजार रकम जरिवाना गर्ने निर्णय गरे अनुसार उनीहरुलाई जरिवाना स्वरुप तोकिएको रकम गाउँपालिकामा जम्मा गर्न विद्यालयलाई पज्ञ लखेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर बुढाले गुराँस गाउँपालिकामा आफु सुरुवा हुनु अघि नै नीजि विद्यालयमा छोरा छोरीलाई पढाउने शिक्षक कर्मचारी, जनप्रतिनिधीलाई कार्वाही गर्ने निर्णय भएको र पहिलो चरण शिक्षक बाट उक्त अभियान थालिएको बताए । उनले गाउँपालिकाले विद्यालयलाई रकम जम्मा गर्न शिक्षकलाई आग्रह गरेपनि शिक्षकले नै अटेर गरेपछि बैधानिक तरिका बाट पत्र नै लेखेर पठाएको बताए ।
छोराछोरीलाई निजि विद्यालयमा अध्यापन गराएको भन्दै जरिवाना तोकिएका शिक्षक पदम नेपालीले सामाजिक संजालमा लामो स्टाटस लेख्दै आफुहरुमा माथी अन्याय गरेको भन्दै गाउँपालिकाको उक्त निर्णय नमान्ने बताएका छन । उनले शिक्षकको दरबन्दीको र रिक्त दरबन्दिको व्यवस्थापन गर्नुको साटो गाउँपालिकामा अध्यापन गराइरहेका शिक्षक माथी छोराछोरी निजि विद्यालयमा पढाएको निहुँमा कार्वाही गर्दै गए शिक्षकहरु कोही बाँही नरहने र गुराँस गाउँपालिकाको शैक्षिक अवस्थामा समस्या आउँने बताए । उनले आफू कानूनी उपचारका लागि गाउँपालिकाविरुद्ध अदालत जाने जानकारी दिए । उनले गाउँपालिका शिक्षा शाखाले आफुहरुलाई मात्र निशानामा राखेर पत्र काट्ने गरेको आरोप समेत लगाएका छन ।