Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

कोरोना न्युनीकरणमा लागि एसएमएस अभियान


दैलेख  : कोरोना संक्रमण बाट बच्न र बचाँउन जिल्ला प्रशासन कार्यालय दैलेखले एसएमएस अभियान संचालन गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जिल्लाका ११ स्थानीय तहका ९० वटै वडामा एसएमएस अभियान संचालन गर्ने बताए ।

उनले एसएमएस अभियान भनेको सोसियल डिस्टेन्स कायम गर्ने, अनिवार्य मास्क लगाउने र सेनिटाइजरको प्रयोग गर्नका लागि नागरिकहरुलाई सचेतना जगाउँन जिल्लाका सबै सरकारी तथा गैर सरकारी सस्थालाई परिचालन गर्न लागेको बताए ।

इन्द्र दल गुल्मका सेनानी बीके सिंह बिश्वकर्मा, प्रहरी नायव उपरीक्षक हरिबहादुर ओली, दैलेख अस्पतालका डा. निरञ्जन पन्त र सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री समेतको उपस्थितिमा गराइए अनुसार सरकारी र गैरसरकारी संस्थाहरुको साझेदारीमा अभियान चलाउने निधो गरिएको छ । एभरेष्ट क्लवका अध्यक्ष दीपक शाही, सामाजिक सेवा केन्द्र सोसेकका कार्यकारी निर्देशक बसन्त श्रेष्ठ, गैसस महासंघका राधा मल्ल लगायतले कोरोना रोकथामका लागि संञ्चालन गर्न लागिएको परियोजना कार्यक्रमहरुले एसएमएस अभियानलाई सघाउने बताएका छन् ।
साथै जिल्ला प्रहरी कार्यालय दैलेखमा कोरोना संक्रमण रोकथामका लागि प्रहरीको सक्रियताको सम्मान गर्दैै प्रहरी सुरक्षाकर्मी र प्रहरीमा आउने सेवाग्राहीहरुलाई कोरोना संक्रमणबाट जोगाउन दैलेखका एक व्यापारी हरि कार्कीले ९ हजार मूल्यको अटोसेनिटाइजर मेसिन मंगलवार निशुल्क उपलब्ध गरेका छन ।