Loading... आजः आइतवार, साउन १०, २०७८
Trending

चार महिनामा २५ जनाले गरे आत्महत्या

...

दैलेख :  दुल्लु नगरपालिका–१० गमौडीका एक युवकले गएको गत १० असारमा आत्महत्या गरे । उनी भारतको अहमदवादबाट ११ जेठमा आफ्नो जन्मभूमि आएका थिए । भारतबाट फर्किएपछिती १४ दिनसम्म क्वारेनटिनमा बसेका थिए । क्वारेनटिन बाट फर्किएको १६ दिन पछि घर नजिकै झुन्डिएको अवस्थामा फेला शव फेला परेको थियो ।

स्थानीय नागरिकले देखेपछि प्रहरीलाई खबर गरेर उनको स्वाब संकलन पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । पछि नेपाली सेनाको टोलीले उहनको दाहसंस्कार गरेको थियो । यो प्रतिनिधिमूलक घटना मात्रै हो । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दीका बेला ठुलो सङ्ख्यामा आत्महत्याका घटनाहरू भएका छन् ।

नेपालमा बन्दाबन्दी सुरु भए सँगै आत्महत्याको दर बढेको छ । आर्थिक अभाव,पारिवारिक कलह र कोरोना कहर जस्ता कारण दैलेखमा मात्र ४ महिनाको अवधिमा २५ जना आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखमा तथ्याकमा उल्लेख गरेको छ आत्महत्या गर्नुको मुख्य कारण मानसिक तनाव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार बन्दाबन्दीको अवधिमा २५ जनाले आत्महत्या गरेको र धेरैजसो मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य भएको बुझिएको बताए । उनले आत्महत्या गर्नेमा महिला भन्दा पुरुष बढी छन्। घरेलु हिंसा, मानसिक तनाव, आर्थिक अभाव लगायतका कारण आत्महत्या गर्ने गरेको बताए । उनका अनुसार मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूले समेत आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखले आत्महत्या रोक्न विशेष कार्य योजना बनाएर दैलेख जिल्लाका ११ स्थानीय तहका ९० वटै वडामा विभिन्न जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गन प्रहरीले योजना बनाएको प्रहरी प्रमुख (डिएसपी) हरि बहादुर वलीले बताए । उनले कोरोना महामारीका कारण यो अभियान रोकिएको बताउँदै कोरोना नियन्त्रणमा आउन बित्तिकै अभियान सुरु गर्ने बताए ।

११ चैत २०७६ बाट सुरु भएको बन्दाबन्दी ७ साउन २०७७ मा अन्त्य भएको थियो। यो अवधिमा दैलेखमा कोरोनाबाट ३ जनाको मात्र मृत्यु भएको छ भने २५ जनाले आत्महत्या गरेका छन् ।

error: Content is protected !!