Loading... आजः बुधबार, जेष्ठ २, २०८१
Trending

२ दिन थप भयो दैलेखमा निषेधज्ञा


दैलेख  : दैलेखमा निषेधाज्ञा फेरी थप भएको छ । समुदाय स्तरमै कोरोना भाइरसको संक्रमण फैलिरहेकोले भिडभाड कम गर्न गत भाद्र ४ गतेदेखि जारी निषेधाज्ञा १२ गते राती १२ बजे सम्मको लागि पुनः थप गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी गराएको छ । कोरोना भाइरसको सक्रमण फैलिन नदिन सजकता अपनाउन स्थानिय प्रशाशनले निषेधाज्ञा जारि गरेको हो ।

बिश्वभर महामारिको रूपमा फैलिएको कोभिड १९ को सक्रमणबाट दैलेख जिल्लामा हालसम्म १ हजार ३८ जनामा सक्रमण देखिएको छ भने ३ जनाको मृत्यु भएको छ । स्थानिय प्रशाशन ऐन २०२० को दफा ६ ९३० तथा सक्रामक रोग एन २०२० को दफा २ बमोजिम जिल्लाको पुर्वमा जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालिकोट र अछाम जिल्लाको सिमाना उत्तरमा कालिकोट जिल्लाको सिमाना र दक्षिणमा सुर्खेत जिल्लाको सिमाना भित्र कुनै पनि गतिबिधि नगर्न नगराउन आदेश जारी गरेको छ ।

निषेधाज्ञा अवधिभर औषधि पसल, अस्पताल तथा स्वास्थ्यकेन्द्र , खानेपानी, बिघुत, फोहोरमैला ब्यबस्थापन लगाएतका अत्यावश्यक सेवा बाहेकका अन्य कुनैपनि सेवाहरू सञ्चालन गर्न निषेध गरिएको छ । साथै आदेश उल्लंघन गर्ने ब्यक्तिलाई प्रचलित कानुन बमोजिम कार्वाही गरिने ब्यहोरा समेत विहीबार जिल्ला प्रशासन कार्यलय दैलेखको जारी गरेको सुचनामा उल्लेख गरीएको छ।