Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कोरोना कहरमा तीज, घरमै सीमित भयो तीज

दैलेख :  गत वर्ष यो बेला दैलेख सदरमुकाममा विभिन्न स्थानमा गरगहनाले सजिएका हिन्दुनारीहरुको ठुलो भेला हुने गर्दथ्यो, कसैले मादल बजाउने कसैले गीत गाउने र कसैले ताली बजाउने नाच्ने गरेर रमाइलो गर्ने दैलेखका हिन्दुनारीहरुको हरितालिका तिज कोरोना कहरकै कारण घरमै सीमित भएको छ ।
पहिलो चरणमा लकडाउन गरेको सरकारले कोरोना सङ्क्रमणको जोखिम बढे सँगै जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लामा निषेधाज्ञा जारी गरेपछि घरको छतमा नाच गान गरेर तीज मनाउन बाध्य भएको बताएका छन् । नारायण नगरपालिका वडा न १ का दीपिका खड्काले कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै प्रशासनले निषेधाज्ञाका जारी गरेका कारण मन्दिर जान समेत नपाएको बताईन । उनले सरकारले हाम्रै लागि गरेको हो भनेर यस पटक छिमेकमा रहेको दिदी बहिनी डेग बजार घरको छतमा नाचेको बताईन । उनले गत वर्ष जस्तो तीजमा हुने सांस्कृतिक कार्यक्रमहरू सबै प्रभावित भएको बताउँदै नजिकका दिदी बहिनी जम्मा भएका छौँ परिवार भित्रै दर खायौँ। तीजको नाच कोठा भित्रै हुने भयो’ उनले पोहर जस्तो छैन ।
नारायण नगरपालिका वडा नः ६ की शिला शर्माले तीजको दिन व्रत बसेका दिदीबहिनीहरू नाचगान गर्न सार्वजनिक ठाउँमा पुग्ने गथ्र्ये तर, अहिले ती सबै कार्यक्रम छैनन् । जति हुन्छ परिवार भित्रै रमाइलो गरेर तीज मनाएको बताईन । । उनले कोरोनाले यो उ भन्दैन धेरै भिडभाड हुने ठाउँमा नगएकै राम्रो भन्दै कोरोना बाट बाँचे अर्को वर्ष जमेर नाच्ने बताईन ।