Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

थप ८३८ जनामा संक्रमण पुष्टि,२५० डिस्चार्ज


काठमाडौँ : कोरोना भाइरसका ८३८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २९२ महिला र ५४६ जना पुरुषको कोरोना पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

क्वारेन्टिनमा १२ हजार २३४ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ८८९ पीसीआर परीक्षणमा भएको थियो । बिहीबार देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २५० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १८ हजार २१४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १२ हजार १३२ जना सक्रिय सङक्रमित रहेका छन् ।

error: Content is protected !!