Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

कोरोना संक्रमण बाट २४ घण्टामा ११ जनाको मृत्यु

काठमाडौँ  :  समुदायस्तरमा फैलिएको कोरोना भाइरसले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा पहिलो पटक यसत धेरै जनाको मृत्यु भएको पहिलो दिन हो । जस अनुसार एक महिला र दश पुरुषको भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा त्यसरी मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
त्यसरी मृत्यु हुनेमा काठमाडौं, ललितपुर, चितवन, मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, मकवानपुर, दोलखा र प्यूठानका एक एकजना सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।