Loading... आजः बिहिबार, बैशाख २३, २०७८
Trending

कोरोना संक्रमण मुक्त बन्यो डोल्पा

फोटो साभार थाहखवर

डोल्पा :  हिमाली जिल्ला डोल्पा कोरोना संक्रमणमुक्‍त भएको छ। एक साताअघि कोरोना परीक्षणका लागि नेपालगञ्ज र सुर्खेत पठाइएका २८० जनाकै रिपोर्ट नेगेटिभ आएसँगै डोल्पा कोरोना संक्रमणमुक्त भएको हो। लकडाउन खुलेसँगै शहर बजारबाट भित्रिएका स्थानीय, व्यापारी, कर्मचारी र छिमेकी जिल्ला रुकुम र जाजरकोटबाट ठुलो सङ्ख्यामा भित्रिएका कामदारका कारण डोल्पामा कोरोना संक्रमणको आशंका गरिएको थियो।
ठुलो सङ्ख्यामा जिल्ला बाहिरबाट सर्वसाधारणहरू भित्रिएपछि कोरोना संक्रमण संक्रमण समुदायस्तरमा फैलिएको भन्दै जिल्लाबासीले चिन्ता गरेका थिए। देशभर कोरोना संक्रमण बढिरहेको अवस्थामा नागरिक स्तरमा सचेतना ल्याउनसकेका कारण डोल्पामा कोरोना संक्रमण शुन्य भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

error: Content is protected !!