Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कोरोना संक्रमण बढे संगै दैलेखमा निषेधाज्ञा

 

दैलेख :  कर्णाली प्रदेशको दैलेख जिल्लाभर ८२ घण्टासम्म लागु हुनेगरी निषेधाज्ञा गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले बिहीबार दिउँसो २ बजेदेखि भदौ ७ गते राती १२ गतेसम्म निषेधाज्ञा गरेको हो । कोरोना भाइरस ९कोभिड– १९० संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए। उनले  संक्रमण फैलिन नदिन सजगता अपनाउन सबैलाई आग्रह गरिएको बताउदै संक्रमण बढ्दै गएकाले निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी सुनारले बताए।

हिन्दु नारीहरुको तीज पर्व केन्द्रित रहेर हुने भीडभाडका कारण कोरोना भाइरसको संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए । निषेधाज्ञा अवधीभर औषधि पसल, अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन सम्बिन्ध सेवा, खानेपानी तथा विद्युत सञ्चालन, फोहोरमैला व्यवस्थापन बाहेकका सबै सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

प्रशासनका अनुसार दैलेखको पूर्वमा पर्ने जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालिकोट, अछामको सिमाना र दक्षिणमा सुर्खेत जिल्लाको सिमानाबाट दैलेख जिल्ला प्रवेशमा रोक लगाईएको प्रशासनले जनाएको छ । स्थानीय प्रशासनले कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गरेको छ । दैलेखमा हालसमम कोरोना संक्रमितको संख्या ९ सय ८३ पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । ती मध्ये ९ सय ३८ जना निको भएर घर फर्केका छन् । जिल्लामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।