Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

चामुण्डाबिन्द्रासैनी नगरपालिकामा एक हप्ताका लागि सबै सेवा ठप्प

मदन बिक
दैलेख :  नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएपछि दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले एक हप्ताका लागि सबै सेवा ठप्प पारेको छ । नगरपालिकाको भदौ २ गते देखी ८ गते सम्म कार्यालयका सबै सेवा ठप्प पारेको नगरपालिकाले जनाएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका दैलेखका प्रमुख प्रशासकिय अधिकृत तिलक बिकले स्याम्पलका रुपमा कोरोना परीक्षण गर्दा कर्मचारीमा कोरोना संक्रमण देखिएको र अन्य भारत बाट आएको एक जना र समुदायका ५ जनामा कोरोना संक्रमण देखिएपछि सबै सेवा ठप्प पारेर होम क्वारेन्टाइनमा बसेको बताए । उनले कर्मचारीमा पनि कोरोना देखिएपछि एक हप्ताका बिचमा नगरपालिकामा कार्यरत सबै कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी गरेको बताए ।
नगर प्रमुख सुर्य बहादुर शाहीले नगरपालिकालाई पुर्ण रुपमा शिल गर्नु पर्ने अबस्था आएको बताए । उनले समुदायमा कोरोना संक्रमण फैलिएको छ वा छैन भन्दा पनि समुदायमा कोरोना देखिएको भन्दै सबै जनतालाई होम क्वारेन्टाइनमा बस्न र घर बाहिर ननिस्कन माइकिङ समेत गरिएको बताए । उनले नगरपालिकाका ८ गते सबै सेवा बन्द गरिएको बताउदै कर्मचारीको स्वाब परीक्षण गर्दा रिर्पोट आएपछि मात्र नगरपालिका खोल्ने वा नखोल्ने त्यति बेला मात्र जानकारी हुने बताए । दैलेखमा बिहिवार सम्म दैलेखका ११ स्थानीय तहका ९ सइ ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीर प्रसादर रेग्मीले ९८३ जना मध्ये कोरोना जितेर ९३८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन भने ४५ जनाको विभिन्न आइसोलेसन अस्पतालमा उपचार भइरहेको बताए ।