Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

बीरेन्द्रनगरमा ९ गतेसम्म लम्बियो निषेधाज्ञा


सुर्खेत :  कोरोना संक्रमण दर बढ्दै गएको र महिलाहरुको मुख्य चाड तीजमा हुनसक्ने भीडलाई कम गर्नका लागि भदौ १ गतेदेखि ५ गतेसम्म वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा चार दिन लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको विहीवार बसेको बैठकले भदौ ९ गते राती १२ गतेसम्मलाइ निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञामा स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसंचार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारी पसल तथा अत्यावश्यक सेवाहरु संचालन गर्न पाइनेछ । यस्तै वित्तीय संस्था, बैंक, सहकारीसहित सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयहरु आन्तरिक अत्यावश्यकीय बाहेक अन्य सेवा वन्द हुनेछन् । मृत्यु दाहसंस्कारमा बढीमा १५ जनासम्म सहभागी हुन पाइने तथा धार्मिक, जात्रा र सामाजिक क्रियाकलापहरु बन्द गर्नुपर्ने निषेधाज्ञामा उल्लेख छ । एम्बुलेन्स, शव बाहन, दमकल, झण्डावाल गाडी, स्वास्थ्य, सुरक्षा, कूटनीतिक नियोग र प्रेस निषेधाज्ञामा संचालन हुनेछन् ।

सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सुरुमा भदौ ५ गतेसम्म भनिएपनि संक्रमण दर बढेको र चाडवाडको भीड कायमै हुने भएकोले चार दिन निषेधाज्ञा लम्व्याउनु परेको बताए । उनले भदौ ७ गते ऋषि पंचमी भएको र तीजमा आउने जाने क्रम बढी हुनुका साथै वीरेन्द्रनगरमा संक्रमण दरमा कमी नआएकोले भदौ ९ गते राती १२ बजेसम्म निषेधाज्ञा थप भएको बताए ।
भदौ ९ गते पछिको अवस्थाका लागि अहिलेको प्रभावको मूल्यांकनका आधारमा निर्णय गरिने उनको भनाइ छ । भदौ ९ गतेसम्म थप भएको निषेधाज्ञा वीरेन्द्रनगर नगरपालिका क्षेत्रका लागि मात्र हो ।