Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

पहिरो प्रभावितलाई सहयोग गर्न आग्रह

फाइल फोटो

दैलेख  : मंगलवार राती परेको अविरल वर्षा पछि गएको पहिरो परी ज्यान गुमाएका परिवार र घाईते र पहिरो बाट प्रभावित बनेका नागरिकलाई सहयोग गर्न ठाँटिकाँध गाउँपालिका ४ नं. वडा कार्यालयले राहतका लागी सहयोग गर्न अपिल गरेको छ ।

वडाध्यक्ष रमेश सिजापतिले एक प्रेस विज्ञप्ती जारी गर्दै भदौ २ गते राति गएको पहिरोमा परी एक जनाको ज्यान गएको, एक जना अझै वेपत्ता रहेको र ६ जना घाईते भएकोले पिडित परिवारका लागी राहतका लागी अपिल गरेका छन । पहिरोमा परि मृत्यु भएका जनक कठायतको परिवार प्रति गहिरो समवेदना प्रकट गर्दै घाईतेहरुको स्वास्थ्य लाभको कामना गरेको छ ।