Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

दुई घन्टाको असावधानीले निम्त्याएको कोरोना कहर

लक्ष्मी न्यौपाने

शनिबार साँझ फुटबल हेरिरहेको छोराले फोन उठायो। हँ के रे भन्न नपाउँदै टेलिभिजन बन्द गरेर दिदीहरूको कोठाभित्र छिर्‍यो।

अचम्मै भो

अरू बेला फुटबल भनेपछि हुरुक्क हुन्थ्यो, फुटबल हेर्न थालेपछि कसैलाई टेलिभिजन छुन पनि नदिने छोरो फुटबल छाडेर कोठाभित्र किन छिर्‍योरु

मलाई खुल्दुली भयो।

कोठामा दिदी बोनिता र भाइ अनुजको खासखास खुसखुस निकै बेर चल्यो।

ुअघिल्लो दिन शुक्रबार अफिसमा राहत सामग्री प्याक गर्न आउनुभएको दिजुको साथीको श्रीमानमा कोरोनाको लक्षण देखियो रे। उहाँ बुटवलमा आफन्त भेटेर आउनुभएको रहेछ। उहाँले जसलाई भेटरे आएको हो, उहाँमा पनि कोरोना पोजेटिभ देखियो रे। त्यसैले सावधान रहनू भनेको छ,ु सानी छोरीले एकसासमा सुनाई।

म छाँगाबाट खसेजस्तो भएँ। हातखुट्टा लुला भए।

छोरा अनुज पनि राहत सामग्री गाउँगाउँ पुर्‍याउन दिदीलाई सहयोग गर्न भनेर त्यसै दिन अफिस गएको थियो।

ललितपुरको गोदावरी नगरपालिकाका विभिन्न वडामा पुगेर अतिविपन्न, बिहान(बेलुकी मजदुरी गरेर खानुपर्ने महिला तथा सुत्केरीका लागि केही दिनअघि राहत बाँडिसकेका थिए। सडक बाटो पहिरो गएकाले राहत बाँड्ने कार्य केही दिन रोकिएको थियो। बाटो खुलेकाले उनीहरूले फेरि सुरू गर्दै थिए।

अफिसमा छोरीका अरू दुई सहकर्मी साथीहरू हुने नै भए। ती दुई, मेरा छोरा र छोरी अनि छोरीकी साथी, जो नर्स पनि हुन्, उनीहरू एउटै कोठामा दुई घन्टा सँगै बसेर योजना बनाउँदै, छलफल गर्दै राहत सामग्री प्याक गरेछन्। त्यसपछि घरबाटै बनाएर लगेको खाजा सँगै बसेर खाएछन्। स्यानिटाइजर हातमा दले पनि मुखको मास्क भने खोलेर ढुक्कले कामकुरा गरेका रहेछन्।

सानी छोरीको कुराले अक्क न बक्क पार्‍यो। आइपरेको परिस्थितिसँग नजुधेर धर थिएन। छोरा र छोरी आइसोलेसनमा बस्नुपर्ने भयो। अरू के उपाय हुनसक्छरु कोसँग सोधौंरु कोसँग बह पोखौंरु मनमा यस्तै खुलदुली भइरहेको थियो।

छोराछोरीलाई आफू अत्तालिएको प्रदर्शन गर्न पनि भएन। उनीहरू पनि आ(आफ्ना कोठामा बिलखबन्दमा छन्। मैले तुरून्तै घरमा सबैलाई मास्क लगाउन भनेँ।

केही बेरमा कृष्णजी ९मेरो श्रीमान० अफिसबाट आइपुग्नुभयो। घर सुनसान थियो।

ुछोराछोरी आइपुगेका छैनन् कि के होरु किन आज घरमा सन्नाटारुु उहाँले सोध्नुभयो।

आफ्नो मन आत्तिएको थियो। उहाँ पनि आत्तिने हो कि भनेर भनिहाल्न सकिनँ। उहाँ आफैंले गुर्जो चिया बनाएर खान थालेपछि भूमिका बाँध्दै विस्तारै कुरा सुनाएँ। आफूलाई गह्रुंगो भारी बिसाएजस्तै भयो।

कृष्णजीले भाइबरबाट जेठी छोरी र छोरासँग कुरा गरेर सबै जानकारी लिनुभयो। त्यसपछि अमेरिका, मेरिल्यान्डको नेसनल इन्स्टिच्युट अफ हेल्थ र एड्भेन्टिस हेल्थ केयरको आइसियूमा बसेर कोरोना बिरामीको सेवा गरिरहेकी सिनियर नर्स देउरानी बिमुलाई छोराछोरीबारे विस्तारमा सुनाउनुभयो। के गरौं भनेर सल्लाह माग्नुभयोरु

नेपालका उहाँका मिल्ने साथी, डाक्टरहरूसँग पनि लामै कुराकानी गरेर सल्लाह लिएपछि भन्नुभयो, ुयिनलाई घरमै आइसोलेसनमा राख्ने। एउटै कोठामा पनि नराख्ने। आ(आफ्नै कोठामा बसून्, तर ट्वाइलेट छुट्टै नभएकाले सरसफाइमा ध्यान दिएर प्रयोग गर्ने अनि बाहिर ननिस्कने। हामीसँग पनि टाढाबाट मास्क लगाएर मात्र कुरा गर्ने। फोन छँदैछ, कुराकानी फोनमै गर्ने। खाना(पानी दिँदा सचेत बनेर व्यवहार गर्ने। दुवैलाई पानी तताउने केट्ली दिने, बेसारपानी गुर्जो चिया(कफी खाइरहने। तीन टाइम शारीरिक व्यायाम गर्ने, बेलाबेला घाम ताप्ने, दिनदिनै तातो पानीले नुहाउने।ु

केटाकेटीलाई आइसोलेसनमा राखेपछि हामी तल्लो तल्लामा बस्यौं। तलकै शौचालय प्रयोग गर्‍यौं। छोरा र छोरी माथिल्लो तल्लामा आ(आफ्नै कोठामा बसे। माथिकै शौचालय प्रयोग गरे। बिहानको कागती पानी, चिया(कफी, खाजा, खाना माथि नै लग्दिने गर्‍यौं।

ढोका अगाडि पत्रिकामाथि उनीहरूले प्रयोग गरेका थाल(कचौरा राखिदिएर उनीहरू कोठाभित्र छिर्थे। सानी छोरीले खाना लगेर हाल्दिन्थी।

केटाकेटीले हामी दुई कृष्णजी र मलाई माथि जान सकेसम्म वर्जित गरेका थिए। हामी पाका उमेरकालाई छिटो रोगले समात्छ भनेर उनीहरूले चिन्ता जताएका थिए।

हामी पनि शुक्रबार र शनिबार दुई दिन त उनीहरूसँग घुलमिल भइसकेका थियौं। शनिबार साँझ मात्र हामीलाई सावधानी अपनाउने खबर आएको थियो। छोराछोरी आफ्नो कारणले बाबुआमाले दुस्ख पाउने भए भनेर आत्मग्लानी महशुस गरिरहेका थिए। जुन कुरा छोरीले आफ्नो फेसबुक स्ट्याटसमा पनि लेखेकी छे।

हामी छोरीकी साथीका श्रीमानको पिसिआर रिपोर्टको प्रतीक्षामा थियौं। हामी दुवै एकअर्कालाई पिर नमान्न भनेर आडभरोसा दिइरहेका थियौं। आइसोलेसनमा बसेका छोराछोरी टाढाबाट देखिए पनि हामीलाई भाइबर वा मेसेन्जरमा नआत्तिएको नाटक गर्दै हामीलाई पनि नआत्तिन भन्थे।

मृत्युले दैलो ढक्ढकाउन थालेपछि खाउँखाउँ, लाउँलाउँका तन्नेरीहरूको मन आत्तिएको छैन भनेर कसरी पत्याउनुरु मनभित्र कति पीडा थियो होलारु त्यो त भोग्नेलाई नै थाहा छ।

सोमबार दिउँसो छोरीकी साथीका श्रीमानको रिपोर्ट पोजेटिभ देखिएको खबर आयो। श्रीमानको पोजेटिभ देखिएपछि श्रीमतीको पनि पोजेटिभ आउने सम्भावना बढी भयो। मन धरै आत्तियो। ठानेँ समस्यामा अब पूरै फसियो। एकदमै निरीह महशुस भयो।

उनीहरुले पढेको र व्यवहारमा कत्तिको खारिएका रहेछन् भनेर निर्मम परीक्षाको घडी एक्कासि आइपर्‍यो। उनीहरूले अपनाएको सावधानी र गरेको व्यवहार हेर्दा त्यसमा खह्रो उत्रिएका देखिए। उनीहरू सफल भएझैं लाग्यो। उनीहरू हामी बाबुआमालाई पनि सावधान रहन झक्झक्याइरहन्थे।

डाक्टरहरू र अमेरिकामा रहेकी देउरानी बिमुको सल्लाहमा शरीरमा प्रतिरोधक क्षमता बढाउन भिटामिन सी, डी, जिंक लगायत औषधि सबै जनाले खान थाल्यौं। कागतीपानी, गुर्जो अदुवा चिया, बेसारपानी, तातोपानी, चियापानी उनीहरूलाई उपलब्ध गराइरह्यौं।

मन मान्दैनथ्यो। कहिलेकाहीँ भर्‍याङबाट छोराछोरीको कोठामा चिहाउँथ्यौं। छोराछोरी पनि हामीलाई टुलुटुलु हेर्थे। रसाएका आँखाले एकअर्कालाई टुलुटुलु हेर्नु सिवाय के गर्न सकिन्थ्यो ररु

कृष्णजी हरेक दिन चार(पाँच जना डाक्टरहरूलाई फोन गरेर परामर्श गरिरहनु हुन्थ्यो। पिसिआर गराउन के गर्नेरु कहाँ गर्नेरु यिनीहरूमा कोरोना पोजेटिभ देखियो भने के गर्नेरु के औषधि खानेरु कसरी सावधानी अपनाउनेरु जस्ता कुरा भइरहेका हुन्थे।

आखिरमा उहाँले पिसिआर नगराउने कठोर निर्णय लिँदै भन्नुभयो, ुआ पोजेटिभ वा नेगेटिभ जे रिजल्ट आए पनि बस्ने भनेको आइसोलेसनमै रहेछ। उपचार पनि अहिले जे गरिएको छ त्यही रहेछ। औषधि त बनेको छैन। अनि किन जाने लक्षण केही नदेखिई अस्पतालरु त्यहीँबाट रोग सर्‍यो भनेरुु

मलाई भने कसैसँग पनि कुरा गर्न मनै लागेन। सकेसम्म कसैको फोन नआइदेओस् भन्ने लाग्थ्यो। एकमन त मलाई एकखालको डिप्रेसन नै पो भएको हो कि भन्ने पनि लाग्थ्यो। मैले एक जना साथीबाहेक अरू कसैसँग यसबारे कुरै गरिनँ।

आफू सकेसम्म भुल्लिने कोशिस गर्थेँ। आ जे त होस्१ यत्रा मान्छे निको भएका छन् भनेर मन बुझाउने प्रयास गर्थेँ। त्यसैले फेसबुक, ट्वीटर चलाउन छोडिनँ। फेसबुक, ट्वीटर चलाउनुको अर्को कारण छोराछोरीलाई आफू नर्मल छु भनेर देखाउनु पनि थियो। हामी नर्मल देखिएपछि उनीहरूलाई पनि हौसला मिल्छ भन्ने लाग्थ्यो।

घरको कामबाहेक ल्यापटपमा आफ्नो काम गरेर आफूलाई सकेसम्म भुलाएँ। दिउँसोभरी त जसोतसो भुल्लिन्थ्यो। राति त आँखा झिमिक्कै हुन्थेन। ट्वाल्लका ट्वाल्ल। आखिर मनले पीर मान्दिनँ भने पनि दिमाग त कहाँ मान्दो रहेछ ररु

घरमा सपरिवार टिभी हेर्न बस्दा पनि पीडाको दृश्यमा म जहिल्यै रुन्थेँ। रुने खालको दृश्य आएपछि छोराछोरी सिनेमा हेर्न छाडेर मलाई हेर्थे। आफ्नै पीडामा भने मेरो आँखाबाट एक थोपा आँशु झरेन। आफूलाई परेपछि मान्छे कठोर बन्दो पो रहेछ१

मेरो लागि यो नयाँ पाठ भयो। हुन त यस्तै पाठ मेरै अँगालोमा आमाले अन्तिम श्वास छाड्दा तथा सासुआमाले आर्यघाटको एउटा कोठामा अन्तिम श्वास फेर्दा पनि महशुस गरेकी थिएँ।

नेपालमा कोरोना संक्रमित संख्या तथा मृत्यु हुनेको ग्राफ दिनदिनै बढ्दै गएको छ। यसको संक्रमण अब समुदाय स्तरमा पुगिसकेको छ। दिनानुदिन विभिन्न स्थानहरू सिल भएका समाचार सुनिन थालेका छन्। नेपालमा भदौ २ गतेसम्म संक्रमित संख्या २७,२४१ पुगेको छ भने निको भएकाहरू १७,४९४ छन् र मृत्यु हुनेको संख्या १०७ पुगेको छ।

कोभिड(१९ ले विशेषत मधुमेह, अर्बुदरोग, फोक्सो तथा मिर्गौलाका रोगीहरूमा छिटो संक्रमण गरेको विज्ञहरू बताउँछन्। स्वास्थ्य मन्त्रालयको सूचनाअनुसार कोभिड(१९ बाट मृत्यु भएकामध्ये ५० प्रतिशत मधुमेह, अर्बुदरोग, फोक्सो र मृर्गौला रोगी अर्थात् औषधिले बाँचिरहेकाहरू छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा कोभिड(१९ को मृत्युदर ३ प्रतिशत छ भने नेपालमा ०।४ प्रतिशत छ। यी तथ्यांकभित्र आफू पनि परिने हो कि भन्ने पिर मनमा लागिरह्यो।

जे(जस्ता समस्या, अप्ठ्यारा, उतारचढाव आइपरे पनि सम्हाल्ने आफूले आफैंलाई नै रहेछ। आफूले आफैंलाई सम्हाल्न सके मात्र सम्हालिन सहज हुने रहेछ। हाम्रो परिवारको छुट्टै एउटा भाइबर समूह छ। हामी प्रायजसो कुराकानी त्यही ग्रुपच्याटबाट गर्थ्यौं।

शुक्रबार साँझ छोरीसँगै काम गर्ने दुईवटै साथीको पिसिआर रिपोर्ट नेगेटिभ भएको खबर आयो। त्यति बेलाको खुसी, ओहो बयान गर्न सकिन्न। एक सातासम्मका अनिदा आँखा यो शुभ समाचारपछिका रातहरूमा भने जोडिन थाले।

अझै पनि श्रीमानको पोजेटिभ देखिएकी छोरीकी साथीको रिपोर्ट आउन बाँकी नै थियो। हामी त्यसकै प्रतीक्षामा थियौं।

शक्रबार बिहान खाना खाने बेलातिर उनको रिपोर्ट पनि नेगेटिभ आयो भनेर भाइबरमा रिपोर्टको फोटो नै हालेर पठाइछन्। अब चाहिँ केही ढुक्क भयो।

एउटा ठूलो खड्गोबाट पार पाइयो भन्ने महशुस भयो। यद्यपि डाक्टरले सकेसम्म ६ फिटको दुरी कायम नै राख्नु भनेकाले दुई सातासम्म आइसोलेसनमै बस्ने सल्लाह भयो। आगामी शुक्रबारसम्म उनीहरू आइसोलेसनमै बस्छन्।

आपत् भन्ने कुरा बाजा बजाएर आउने होइन रहेछ। कहाँबाट आउँछरु थाहा नै नहुने। यो संकटको अवस्थामा आफ्नो साथी, आफन्त, परिवार जोसँग भए पनि दुरी कायम गर्नुपर्ने रहेछ। छोराछोरीले सावधानीको सीमा पार गरेर असावधानी अपनाउँदाको भूलले नसोचेको समस्या आइलाग्यो।

हामीले लकडाउन सुरू भएलगत्तै बाहिरबाट घरभित्र छिर्दा आफ्ना जुत्ता, लुगा सबै स्यानिटाइज गर्ने गरेका थियौं। बाहिर लगाएको जुत्ता बाहिर नै खोल्थ्यौं, भित्र लैजाँदैनथ्यौं। त्यस्तै ठाउँमा पुगेको छ भने घर आइसकेपछि पहिले नुहाएर, लगाएको लुगा धोएर मात्र आफ्नो काम थाल्थ्यौं।

सावधानी अपनाउँदा अपनाउँदै पनि हामीले कोरोनाको कहर सामना गर्नु परिहाल्यो।

श्रीमान तथा आफ्ना अभिभावकको पिसिआर पोजेटिभ आएपछि छोरीकी नर्स साथी तथा उनको परिवारमाथि परेको पीडाको सामना कसरी गरिरहेका होलान्रु सम्झँदा पनि कहाली लाग्छ।

चितवनका एक डाक्टरका परिवारको कोरोना पोजेटिभ देखिएपछि वडाध्यक्ष र टोलवासी ती डाक्टरको घरमा कोरोना संक्रमित लेखिएको ब्यानर टाँस्न गएका थिए भन्ने समाचार पढेकी थिएँ। मेरा टोलवासी र वडाध्यक्ष पनि त्यसैगरी ब्यानर टाँस्न आउँथे वा सान्त्वना दिन आउँथे होलान्रु भनेर एकछिन त मन कटक्कै भयो।

आफ्नो कारणले दुस्ख पायौ भनेर छोरीकी साथीलाई आत्मग्लानी भइरहेको कुरा छोरीले सुनाई। उनले बारबार फोन गरेर बुबाममीलाई नआत्तिनू भनेकी रहिछन्। के गर्नु एकपल्टको असावधानीले कति डर, समस्या निम्त्याउने रहेछ।

सबैको रिपोर्ट नेगेटिभ आइसकेपछि एकमन त छोराछोरीसँग रिस पनि उठ्यो( अफिसको नोटिस बोर्डमा कोरोनासम्बन्धी नियमहरू टाँस्ने अनि आफैंले पालना नगर्नेरु

हुने हुनामी टर्दैन भन्छन्। अत्यन्त कठिन चुनौतीका बाबजुद खाउँखाउँ लाउँलाउँका केटाकेटी एउटा निश्वार्थ पुण्य काममा लागेका हुनाले सकारात्मक परिणाम देखिएको पो हो कि भन्ने पनि लाग्यो मनमा।

जे होस् एउटा ठूलो खड्गो पार भयो। यो चौध दिनको एकान्तवासले पक्कै पनि छोराछोरीलाई धेरै कुरा सिकायो होला। स्वास्थ्य क्षेत्रमै कार्यरत मेरा छोराछोरीले मैलेभन्दा धेरै बुझेका छन्। ज्ञानी छन् र भोलिका दिनमा पूर्ण सावधानी अपनाउने छन् भन्ने विश्वास छ।

यो लेख लेखुन्जेल मेरो ल्यापटपको वालमा निलो ब्याकग्राउन्डमा एउटा सूचना देखापरिरहेको छ, जसमा लेखिएको छ(

कोभिड–१९ किन छिटो सरिरहेको छरु तीन मुख्य कारणस्

( यी मेरै अफिसका सहकर्मी हुन्। उनीहरूसँग मास्क लगाउनु पर्दैन, सर्दैन।
( यी मेरा मिल्ने साथीहरू हुन्। यिनीहरूसँग बोल्दा मास्क लगाउनु पर्दैन, सर्दैन।
( यी मेरा नातेदारहरू हुन्। उनीहरूसँग बोल्दा मास्क लगाउनु पर्दैन, सर्दैन।

error: Content is protected !!