Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

देशभर ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ  : पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

काठमाडौंमा १ सय ३४, भक्तपुरमा ८ र ललितपुर १७ गरी सय ५९ मा कोरोना पुष्टी भएको छ। देशमा कोरोना संक्रमणको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ। भने ११ हजार १ सय १८ सक्रिय संक्रमितको संख्या रहेको छ। त्यस्तै विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

यो सहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण गरिएको उल्लेख गरे।