Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

प्रदेश सांसद सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि

दैलेख :  कर्णाली प्रदेश सभाका एक जना सांसद र क्याम्पस प्रमुख सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद र सुर्खेतकै एक क्याम्पस प्रमुखलाई कोरोना संंक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । भदौ १ गते जनस्वास्थ्य कार्यालय सुर्खेतमा स्वाब दिएका प्रदेश सांसद र क्याम्पस प्रमुखमा बुधवार कोरोना संक्रमण देखिएको छ ।