Loading... आजः आइतवार, जेष्ठ २, २०७८
Trending

दैलेखमा एकै दिन तीन जनाले गुमाए ज्यान

दैलेख  :  लगातारको बर्सातसँगै आएको बाढी पहिरोमा परी दैलेखमा एकै दिन तीन जनाले ज्यान गुमाएका छन्। दैलेखको ठाटिकाँध गाउँपालिका वडा नः ४ बिशल्लामा घर भत्कीदा पुरिएको १२ वर्षिय जनक कठायत र भगवतिमाई गाउँपालिका वडा नः ५ कट्टि मलुका चाख्लामा घर भत्केर ६७ वर्षिय बल बहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरक्षक (सुचना अधिकारी नैन बहादुर सावदले जानकारी दिए । उनले मगलवार राती घर जाने क्रममा नौमुले गाउँपालिका वडा नः ४ कालिकाका २१ वर्षिय भविलाल बुढाको खोलाले बगाएर मृत्यु भएको बताए ।

उनले राती अवेर सम्म घर नआएपछि परिवारका सदस्यले गाउँभरी खोज्दा घर जान गएको बताएपछि पछि खोलामा खोज्दै जाँदा पाँच सय मिटर तल ढुग्गामा अडिएकाृे अबस्थामा मृत अवस्थामा फेला पारेको र मृतकको सनाखत समेत भइसकेको बताए ।

त्यस्तै ठाँटिकाँध गाउँपालिमा घर पुरिएका ४ जना घाईते भएका छन । घाइते हुने मध्ये वर्ष ४५ को टिकाराम कठायत,धनसरा काठायत,दान बहादुर कठायत र लोकेश कठायत रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । पहिरोले गाउँ नै जोखिममा परेपछि गैरागाउँका १५ घर परिवारलाई अन्यत्र सार्ने तयारी भैरहेको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी  दिए । उनले निशाना नै नदेखिने गरी पहिरोमा घर पुरिएको र निरन्तर पानी परेकाले उद्धारमा समस्या भएको शाहीले जानकारी दिए।

error: Content is protected !!