Loading... आजः शनिबार, कार्तिक ६, २०७८
Trending

थप ७०७ जना सङ्क्रमित, कुल २९ हजार ६४५


काठमाडौँ : कोरोना भाइरसका सात सय सात जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९२ महिला र ५१५ जना पुरूषको कोरोना पुष्टि भएको हो । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू एघार हजार ५५५ रहेका छन् । क्वारेन्टिनमा ११ हजार ७६८ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ८३२ पीसीआर परीक्षणमा भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २९ हजार ६४५ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । बिहीबार देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २६४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार ७६८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

error: Content is protected !!