Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

दिव्य योग भवन उद्दघाटन

दैलेख : दैलेखमा दिव्य योग भवनको उद्दघाटन गरिएको छ । कर्णाली प्रदेश सभा सदस्य अम्मर बहादुर थापाको निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत ५० लाख रुपिँया लागतमा निर्माण भएको योग भवनको उद्दघाटन गरिएको हो । योग भवनको उद्दघाटन कर्णाली प्रदेश सभा सांसद अम्मर बहादुर थापाले गरेका छन । योग भवनको उद्दघाटन गर्दै सांसद थापाले सबै रोगको एउटै उपचार योग अभ्यास भन्ने नारालाई सबैले आत्मसाथ गर्नु पर्ने बताए । उले योग अभ्यासले मानिसलाई स्वस्थ रहने र शरिरमा कुनै रोग नलाग्ने भएका कारण सबैले नियमित योग अभ्यास गर्र्नु पर्ने बताए । उनले  भने जिल्लामा योग भवन आवश्यक प¥यो भनेर नगर प्रमुख,उप प्रमुखले भन्नुभयो मैले त्यही अनुसारको बजेट बिनियोजन गरेको हुँ । अव यो भवनमा ५० जना भन्दा बढिले योग गर्न मिल्छ ।
नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्न बहादुर खड्काले दैलेख जिल्लामा भर्खर मात्र योग अभ्यास सुरु भएकै वर्ष देखी आफुहरुको समन्वयमा ठुलो योग भवन निर्माण भएको बताउदै आगामी वर्ष नगरपालिकाले योग गर्नका लागि आवश्यक पर्ने सामाग्री खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
नारायण नगरपालिका दैलेखका उप प्रमुख सावित्रि मल्लले सबैले योग अभ्यासलाई आत्मसाथ गरेर अगाडी बढ्नु पर्ने बताईन । निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण श्रेष्ठले भवन निर्माणका लागि ५० लाख रुकम आएपनि ४० लाखमै भवन निर्माण सम्पन्न भएपछि त्यसको पेन्टिङ र कार्पेट किनेर बिछ्याइएको बताउनुभयो । दैलेखमा भारतमा पुगेर रामदेब बाबा संग योग सिकेर आएका दुई जना शंकर थापा, नरेश्वर अधिकारीले अहिले योग अभ्यास गराउँदै आएका छन ।