Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

सार्वजनिक शौचालय निर्माण


दैलेख  : नारायण नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि लाखौँ रकम खर्च गरे पनि प्रयोग आउन नसकिरहेको बेला पुन सार्वजनिक शौचालय निर्माण गरिएको छ । निर्माण गरिएका शौचालय प्रयोगमा ल्याउन पहल गरे पनि सम्भव नभए पनि पुन सार्वजनिक शौचालय निर्माण गरिएको जनाइएको छ । डिभिजन बन कार्यालय दैलेखको सहयोगमा क्लिन सिटी अफ दैलेखले नारायण नगरपालिका वडा नः १ दैलेख–सुर्खेत सवारी साधन छुट्ने काउन्टर नजिक निर्माण गरिएको सार्वजनिक शौचालयको उद्घाटन समेत गरिएको छ ।

सार्वजनिक शौचालयको उद्घाटन गर्दै नारायण नगरपालिका वडा नः १ का अध्यक्ष तीर्थनारायण श्रेष्ठले सबैको पहलमा नारायण नगरपालिकालाई सुन्दर नगरपालिका निर्माण गर्न सकिने भन्दै बिगमा बनेको सार्वजनिक शौचालय लाई पुर्न निर्माण गरेर प्रयोगमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन । क्लिन सिटी अफ दैलेखका संयोजक राजेश कुमार हमालले विगतमा समेत नारायण नगरपालिकाको सर सफाइका लागि विभिन्न सहयोग गर्दै आइरहेको र अहिले डिभिजन बनको चार लाख २० हजार सहयोगमा सार्वजनिक शौचालय निर्माण गरेको बताए । उनले नारायण नगरपालिकाले नगरपालिका भित्रको फोहोर व्यवस्थापनका लागि ठोस कार्य योजना निर्माण गरेर क्लिन सिटी अफ दैलेखलाई जिम्मा दिएमा नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा लिन आफूहरू तयार रहेको बताए

नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले नगरपालिकामा सार्वजनिक शौचालयको निर्माण भए पनि स्थानीय बासीको चरम लापारवाहीका कारण प्रयोगमा आउन नसकेको स्वीकार गर्दै भने आज गयो सफा ग¥यो भोलि त्यस्तै फोहोर भइहाल्छ नगर बासीले त्यो दायित्व नबुझेका कारण समस्या भएको भन्दै अव त्यसको दीर्घकालीन समाधान निकाल्ने बताए ।
बजारमा समान किन्न वा विभिन्न समस्या लिएर सदरमुकाम आउने नागरिकहरूका लागि शौचालय जान समेत होटेलमा खाजा खानु पर्ने बाध्यताको अन्त्य भएको स्थानीय हरि रावलले बताए । उनले बाह्य गाउँ बाट आएको नागरिक सार्वजनिक शौचालय नहुँदा खाजा खाने निहुले होटेलमा जानु पर्ने बाध्यता रहेको भए पनि बजारको बिच भागमा सार्वजनिक शौचालय निर्माण भएको भन्दै अव बजार आउने नागरिकलाई सहज हुने बताए ।

error: Content is protected !!