Loading... आजः बिहिबार, माघ ८, २०७७
Trending

दुग्ध उद्योग सञ्चालनमा

दैलेख  :  जिल्लाको भगवतिमाई गाउँपालिका वडा नः १ को पगनाथमा दुग्ध उद्योग सञ्चालन भएको छ । गाउँपालिकाले गाउँमा कृषिमा आत्मनिर्भर गर्नका लागि पशुपालन व्यवसायलाई आत्मसाथ गरेपछि भैँसी पालन किसानहरूलाई आय आर्जन र उत्पादन वृद्धि गरी व्यवसाय प्रति आकर्षण बढाउने उद्देश्यले दुग्ध उद्योग संचलानमा ल्याइएको बताइएको छ ।

स्थानीय युवा गणेश रोकायले गाउँपालिकामा पौरखी किसान सहकारी संस्था दर्ता गरेर गाउँपालिका सबै वडा बाट दूध संकलन गरेर दुग्ध जन्य सामाग्रीको उत्पादन गर्न दुग्ध उद्योग सञ्चालनमा ल्याएपछि त्यहाँका किसान समेत खुसी भएका छन् । उद्योग स्थापनाका लागि पौरखी कृषि सहकारी र गाउँपालिकाको सहयोगमा रु ३३ लाख रुपियाँमा उक्त उद्योग स्थापना भएको पौरखी किसान सहकारी संस्थाका सञ्चालक गणेश रोकाय बताए । उनले उद्योग सम्म दूध पु¥याउने किसानलाई एक लिटर दूधको मूल्य ५० रुपियाँ दिएको बताउँदै दूध संकलन गर्ने किसानहरूको दैनिक रूपमा रकम लिएर जाने बताए । उनले भने अहिले सहकारी सँग १२ जना किसानहरू जोडिएको बताउँदै गाउँका सबै किसानहरूलाई जोड्ने लक्ष्य सहकारीको रहेको छ ।

गाउँपालिकामा करिब ७० प्रतिशत किसानले घरमा एक देखी ३ भन्दा माथि भैँसी पाल्ने गरेका छन् । तर उनहिरुले उत्पादन गरेको दूधको बजार नहुँदा घरमै दही मही पार्ने र घिउ बनाउने गरेका किसानलाई भने दूधको मूल्य पाउने भएपछि खुसी भएका छन् ।

भगवतिमाई गाउँपालिका वडा नः ५ का भूपेन्द्र रावतले घरमा दुई तीन वटा भैँसी खाली नहुने भए पनि पहिलो पटक आफूले दुग्ध उद्योगमा ल्याएको बताए । उनले एक माना दूध पु¥याउन २ घण्टा हिडनु पर्ने समस्या भएका कारण आफूहरू घरमै खाने गरेको भए पनि सहकारीले एक माना दूधको मूल्य ५० रुपियाँ दिए पनि दैनिक १२ लिटर दूध ल्याउने गरेको बताए । उनले भने सहकारीले लिएको दूध राख्ने बित्तिकै पैसा दिने गरेका कारण पनि अन्य किसानहरु पनि उद्योगमा दूध लिने तयारीमा रहेको बताए ।

सहकारीका सञ्चालक रोकायले दैनिक ४० लिटर दूध खपत भइरहेको बताउँदै दुग्ध जन्य बस्तुहरूको उत्पादन सँगै दूधको मात्रा समेत बढाउने तयारीमा रहेको बताए । भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले दैलेख जिल्लाको इतिहास सँग जोडिएको ददिचि ऋषिले तपस्या रहेको र दही पाउने लेख बाट अप्रभंस भएर दैलेख नाम रहेको दैलेखमा साँच्चिकै नाम अनुसारको दहीमा आत्मनिर्भर बनाउन गाउँपालिकाले अभियान नै सञ्चालन गर्ने बताए ।

error: Content is protected !!