Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

खेल रत्नबाट पुरस्कृत हुदै क्रिकेटर रोहित

कााठमाडौँ :  खेलकुद गतिविधिमा लागेका खेलाडीलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित रत्न पुरस्कारका लागि भारतको अन्तर्राष्ट्रिय एकदिवसीय टोलिका उपकप्तान समेत रहेका ब्याट्सम्यान रोहित शर्मालाई पुरस्कारका लागि सिफारिस गरिएको छ ।

भारतको खेलकुद मन्त्रालयले शर्मालाई राजिब गान्धी खेल रत्न पुरस्कारका लागि सिफारिश गरेको हो । तिब्र गतिका बलर इशान्त शर्मा र महिला क्रिकेट टोलिका अलराउण्डर दिप्ती शर्मालाई अर्जून पुरस्कारका लागि मन्त्रालयले सिफारिश गरेको छ । शर्मालाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले गत मई महिनामै उक्त पुरस्कारको लागि नाम छनोट गरी पुरस्कार छनोट समितिमा पठाएको थियो ।

समितिमा विरेन्द्र सहवाग र हकी टोलिका कप्तान समेत रहनुभएका सरदार सिंह हुनुहुन्छ । शर्माले सन् २०१९ मा पाँच टेष्ट खेलमा ९२।६६ को औसतले ५५६ रन बनाएका थिए । उनले सन् २०१९ मै अन्तर्राष्ट्रिय एकदिवसीयमा ५७ः ३० को औसतले एक हजार ४९० रन बनाएका छन । विश्वकप क्रिकेटको एउटै संस्करणमा उनले पाँच शतक लगाएर नयाँ कीर्तिमान समेत बनाएका थिए ।