Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

भेरी नदी किनारमा शव फेला


सल्यान  : सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ नाम्रा नजिकै भेरी नदी किनारमा अपरिचित व्यक्तिको लास फेला परेको छ । भेरी नदीले माथिल्लो भागबाट उक्त लास बगाएर ल्याएको स्थानीयले बताएका छन् ।

भेरीमा आइतबार पानी बाहव उच्च रहेको छ । उक्त लासको पहिचान गर्ने काम भैरहेको जनाएको छ । प्रहरीले भने लासको पहिचान भैरहेको जनाएको छ । आन्दाजी ४५ वर्षको पुरुष भेरी नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।