Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

लिदिमा (पहिरो अपडेट ) १६ जनाको सनाखत

File Phota

सिन्धुपाल्चोक  :  सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा पुरीएरका १६ जनाकोे सनाखत भएको छ । शुक्रवार विहानको पहिरोमा पुरिएका ३९ मध्ये १६ को शव निकालिएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा परी वर्ष ३६ की टीकामाया दोङ, १४ का छिरीङ दोङ, ८ का मिलन दोङ, ५ का सानु दोङ, ७० का जयबहादुर दोङ, ३० की दावा लमु दोङ, ५ की प्रिति दोङ, ५ की तारालामु दोङ, ३४ की धनमाया दोङ र ४ महिनाकी रेमीश दोङको सनाखत भएको हो । त्यस्तै आज थप चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
१६ वर्षिय माईला पराङ, ३७ की मेकमाई, १९ की च्यामा, ७ की विमला र सात महिनाको कविर दोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वेपत्ता भएकाहरुको खोजी कार्य जारी , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भने नेपाली सेना, प्रहरी र स्थानीयले पहिरोमा पुरीएकाहरुको खोजी जारी राखेका छन् । घाइतेहरु रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरीङ दोङ, दावालाङ्वो दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामुलामा दोङको काठमाडौको सिभील अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए ।

error: Content is protected !!