Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

११ हजार ४७ जनामा पीसीआर परीक्षण गर्दा ४६८ जनामा सङ्क्रमण पुष्टि


काठमाडौँ :  देशका विभिन्न प्रयोगशालामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गर्दा ४६८ जना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिए । । प्रवक्ता गौतमले हाल आठ हजार १९३ जनामा आइसोलेशनमा रहेको जानकारी दिए । उनका अनुसार हालसम्म १७ हजार २०१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।