Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

भदौ १ गतेदेखि ५ गतेसम्म वीरेन्द्रनगरमा निषेधाज्ञा


सुर्खेत :  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भदौ १ गतेदेखि ५ गतेसम्म निषेधाज्ञा लाग्ने भएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा विहीवार बसेको जिल्ला विपद व्यवस्थापन केन्द्रको बैठकले पाँच दिन निषेधाज्ञा लगाउने निणर्य गरेको हो । वीरेन्द्रनगरमा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा लगाउने निणर्य भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । वीरेन्द्रनगर नगरपालिकामा मात्र निषेधाज्ञा लागू हुनेछ । मेडिकल, ग्यास, दुध, तरकारी, खाद्यान्न जस्ता अत्यावश्यक सामग्रीका पसल बाहेक अन्य सवै बन्द हुने उनले जनाए ।

यस्तै बैठकले निषेधाज्ञा जारी हुनु अगाडिको तीन दिनमा आवश्यक पर्ने सम्पूणर् बस्तुहरु मौज्दातमा राख्न पनि आग्रह गर्ने निणर्य गरेको छभने वीरेन्द्रनगरमा पास लिएर आएका सवारीसाधनका यात्रुहरुले सीमा नाकामा अनिवार्यरुपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्नेछ । बबई, काल्चे र कुइने सिमानामा पिसिआर परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ । वीरेन्द्रनगर कोरोनाको उच्च जोखिममा परेकोले नियन्त्रण तथा रोकथामका लागि यस्तो निणर्य गर्नुपरेको प्रजिअ रेग्मीले बताए । वीरेन्द्नगरमा मात्रै बिहीवार १८ जना र बुधवार १७ जना कोरोना संक्रमित फेला परेका थिए । तस्बिर सामाजिक संजाल,यामराज केसी