Loading... आजः आइतवार, जेष्ठ ६, २०८१
Trending

दुवै मृर्गाैला पिडित युवकले गरे सहयोगको अपिल


दैलेख :  दैलेखको नौमुले गाउँपालिका वडा नः १ तोलीका दुवै मृर्गौला पीडित १९ वर्षीय युवक राजु शर्माले उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सबै मनकारीलाई सहयोग गर्न आग्रह गरेका छन । दुई वर्ष अघि दुई वटै मृगौला रहेको पत्थरको अप्रेसन गरेका युवाको पुन समस्या बल्झिएर दुवै मृगौला फेल भएपछि सहयोग गर्न सबै मनकारीलाई आग्रह गरेका हुन । दुवै मृगौलाले काम गर्न छाडेपछि राजधानी काठमाडौँ स्थित त्रि.वि शिक्षण अस्पताल उपचाररत छन् ।

मृर्गौला प्रत्यारोपण गर्नका लागि आमा बुवा तयार भएपछि आर्थिक अभावकै कारण समस्या भएको भन्दै सहयोग गर्न आग्रह गरेका छन । आम्दानीको अन्य श्रोत नभएका उनको काठमाडौँमा महँगोमा उपचार गर्नु पर्ने भएकोले विभिन्न व्यावसायिक संस्था, कार्यालय तथा क्लबसँग सहयोगको अपेक्षा गरेको राजुका बुवा हीरामणि जैसीले बताए । उनले छोरोको उपचार गर्नकै लागि भएको सबै सम्पत्ति बेच्दा समेत नहुने र भएका गाडी,बेचे, नौमुलेमा भएको जग्गा बिक्री गर्दा समेत उपचार सम्भव नहुने भएपछि बाध्य भएर आर्थिक सहयोग मागेको बताए ।

उनले त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा उपचार भइरहेको भए पनि मिर्गौला प्रत्यारोपण गर्न रकम अभाव भएपछि समस्या भएको बताए । उनले भने मृर्गौलाको अप्रेसन ग¥यौ अप्रेसन भएको केही महिना ठिक भए पनि पुन बल्झिएर मिर्गौला फेल भएपछि मिर्गौला प्रत्यारोपण गर्नका लागि तयार भए पनि त्यसका लाग्ने रकम जम्मा गर्न नसक्दा छोरोको समस्या भएको छ ।

मिर्गौला पीडित युवाकी आमा जगत जैसीले भएका गरगहना र आधा सम्पत्ति बेच्दा समेत उपचारमै खर्च भएको र मिर्गौला प्रत्यारोपण गर्न समस्या भएको बताईन । उनले काठमाण्डौको बालुवाटार रहेको एनआइसी एसिया बैकको आमा जगत जैसीको नाममा रहेको बैङ्क खाता नः २७८५७५०६९४५८१००१ रकम जम्मा गरी सहयोग गरिदिन सबैलाई आग्रह गरिन । उनले कसैले सहयोग गर्न सम्पर्क गरी सहयोग गर्न खोजेमा ९८४८०९४०१०÷९८६३६४५५६१ मा सम्पर्क गर्न आग्रह गरिन ।