Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

बुधवार कर्णालीमा थपीए २३ जना संक्रमित


दैलेख  :  बुधवार कर्णालीमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सुर्खेत अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा १९ जना दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जना गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

सुर्खेत अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरीएको परीक्षण्मा सुर्खेत बीरेन्द्रनगरपालिका वडा वडा १ का २८ वर्षिय पुरुष वडा नः ३ का ४०,४१ वर्षिय पुरुष,वडा न ४ को २८,४०,६२,८६ वर्षिया महिला वडा नः ५ को २५ वर्षिया पुरुष, वडा नः ७ को ४० वर्षिय पुरुष वडा नः १० का २४ वर्षिया महिला, वडा नः ११ का २३,३१,३६ वर्षिया महिला, वडा १२ का ८,३३ वर्षिया महिला, १६ वर्षिय पुरुष वडा नः १३ को २९ वर्षिय पुरुष,४८ वर्षिया महिला र सल्यान त्रिबेणी गाउँपालिका वडा नः ६ का ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दुल्लु नगरपालिका वडा नः ३ का ५२ वर्षिय पुरुष,नारायण नगरपालिका वडा नः १ का ४४ वर्षिया पुरुष,वडा नः ३का ३६ वर्षिय पुरुष र वडा नः ५ का ३० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा बुधवार ३ जना उपचार पछि निको भएर घर फर्केका छन ।