Loading... आजः बुधबार, माघ ७, २०७७
Trending

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो

..

काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएको जनाकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १६ हजार ७ सय २८ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको छ। क्वारेन्टिनमा हाल १४ हाल ८ सय ४६ जना रहेका छन्।
देशभर सक्रिय संक्रमित ७ हजार ६ सय १३ रहेका छन्।

error: Content is protected !!