Loading... आजः आइतवार, जेष्ठ ६, २०८१
Trending

कोरोना माहामारी र झरीले प्रभावित बन्यो वर्षे मेला

दैलेख :  गत वर्ष यति बेला दैलेखका विभिन्न पालिका र दैलेख सदरमुकामामा लाखे मेला हेर्न आउनेको घुइचो लाग्थ्यो । नेवारजातीको बाहुल्य नभएको भएपनि सबै साझा पर्वका रुपमा मनाउने गरेको वर्षे मेला हेर्न गाउँ गाउँ बाट मानिसहरु दैलेख सदरमुकाम आउने गर्ने । तर यस वर्ष अघिल्लाो वर्षको तुलनामा बजार क्षेत्र सुनसान छ । बजारमा रहेको क्लवहरुले लाखे जात्रा निकाल्न नपाएपछि गाउँका मानिसहरु समेत बजार आउन पाएका छैन्न । देश भर फैलिएको कोरोना भाइरस कोभिड –१९ का कारण यस वर्ष लाखे जात्रा,गाईजात्रा,बाध जात्रा,टाकटुके जात्रा लगायत अन्य मेला पर्वहरु प्रभावित बनेका छन ।

लाखे जात्रा संगै अन्य जात्राहश्र संचालन गर्दा मानिसहरुको भिडभाड हुने र त्यही बाट कोरोना संक्रमणको सम्भवना हुने भएपछि दैलेखमा अहिले कुनै पनि जात्रा संचालन गर्न प्रशासनको रोक लगाएपछि दैलेखमा यो वर्ष कुनै पनि मेला पर्वमा संचालनमा हुदाँ बजार सुनसान बनेको छ । प्रशासनले रोक लगाएपनि समान्य रुपमा जात्रा संचलान गर्ने जनप्रतिनिधीको आग्रहमा सामान्य रुपमा मेला आयोजना गरेपनि लगातार परेको झरीका कारण सामान्य रुपमा समेत मेला लगाउन पाइएको छैन । स्थानीय युवाहरुले जात्रा सामान्य भएपनि जात्रा निकाल्ने प्रयास गरेपनि झरीका कारण जात्रा रोकिएको स्थानीय क्लवहरुले बताएका छन । बजार वरपर क्षेत्रका स्थानीय नागरिक जात्रा हेर्न भन्दै बजार आएपछि बजार क्षेत्रको चहलपहल समेत बढेको थियो ।

 

दैलेखका साहयक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले दैलेखमा एक महिने वर्षे मेला संचालन गर्दा कोरोना संक्रमण बढ्ने भएका कारण सबै मेलामा रोक लगाएको बताए । उनले दैलेखमा कोरोना संक्रमणका कारण उच्च जोखिममा रहेको बेला मेला महोत्सव आयोजना गर्दा झन जोखिम बढ्ने भएपछि जिल्लामा संचालन हुने एक महिने वर्षे मेला बन्द गरिएको बताए ।

 

दैलेखमा एक महिना सम्म मेला लाग्ने गर्दछ । घण्टचर्तुदशिको दिन बाट सूरु भएको मेला कृष्ण जन्माष्टमी सम्म मेला लाग्ने गर्दछसयौ बर्ष देखी मनाउदै आएको बर्षे मेला सामाजीक सदभाव कायम संगै भगवान कृष्णको जन्मलीला संग सम्बनधीत रहेर यो मेला मनाउने गरिन्छ ।

असार महिनाको काम सकिएपछि बर्षभरी भुतप्रेत बाट जोगीन खेतवाली लागि सुभ नहुने जस्ता धार्मिक मान्यताका कारण साउन महिनाको घटस्थपनाका दिन देखी सुरु हुने बर्षेमेलामा मुख्य रुपमा लाखे जात्रा,टाकटुके,रोपाई जात्रा जोगी जात्रा हुदै अन्तीम दिन कृष्ण जन्माअष्टमीको राती कृष्णको जन्म गराई त्यसको भोलीपल्ट कृष्ण र कंशका रुपमा लाखेलाई परिक्रमा गराएर साझ कृष्णले लाखे मारेपछि एक महिनेमेला समाप्त हुने प्रचलन रहि आएको छ ।