Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

कर्णालीमा ८ जनामा कोरोना संक्रमण ११ जना डिस्चार्ज


दैलेख :  कर्णाली प्रदेशमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जना डिस्चार्ज भएका छन । कर्णाली प्रदेश अस्पताल ÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र दैलेख अस्पताल प्रयोगशाला दैलेख,चौहरजारी नगरपालिका रुकुम पश्चिम गरिएको परीक्षणमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश अस्पताल ÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत बीरेन्द्रनगरपालिका वडा नः ३ ३२ वर्षिया पुरुष सल्यान कालिमाटि गाउँपालिका २६ वर्षिया दुई पुरुष,दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नः ६ का २६ वर्षिया महिला,सर्लाही चन्द्रनगरपालिका वडा नः ७ का २१ वर्षिय पुरुष, धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नः ५का २८ वर्षिय पूरुष, गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुल्लु नगरपालिका वडा नः २ की ३० वर्षिया महिला र रुकुम पश्चिमको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नः ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहाादुर शाहीले बताए । उनले कर्णालीमा प्रदेशका १० जिल्लामा दुई हजार ११ पुगेको बताए । हाल सम्म कर्णालीमा १८ सय ९१ जना कोरोना जितेर घर फर्केको र ११४ जनाको आइसोलेसनमा उपचार भइरहेको बताए ।

error: Content is protected !!