Loading... आजः मङ्लबार, साउन १९, २०७८
Trending

कर्मचारीम कोराना संक्रमण भएपछि दैलेखका दुई बैँक बन्द

दैलेख :  दैलेख सदरमुकाममा रहेका दुई वटा बैँकमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय बाणिज्य बैंक शाखा दैलेखका एक जना कर्मचारी र एनआइसी एसिया बैँकमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बैंकमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि एटीएम सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको बैंकले जनाएको छ । सोमवार उक्त बैंकका कर्मचारीसहित दैलेखमा १७ जनामा कोरोना पुष्टि भएको हो । दैलेख पीसीआर प्रयोगशालामा गरिएको परिक्षणमा भैरबी गाउँपालिकाका ३ र नारायण नगरपालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । समुदाय स्तरका ३८ जनाको गरिएको पीसीआर परिक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा मंगलवार ६३ जनाको पिसीआर परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ३ जनामा रिपोजेटिभ देखिएको छ । नारायण नगरपालिका २१,चामुण्डाबिन्द्रासैनीको २२ र दुूल्लु नगरपालिकाको २० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोराना फोकल पर्सन थीर प्रसाद रेग्मीले बताए ।

error: Content is protected !!