तीन सय घरधुरीका खरका छाना फेरिँदै
कमल शर्मा
दैलेख : नारायण नगरपालिकाका अति विपन्न तीन सय घर परिकारका घरका छना फेरिने भएका छन् । नारायण नगरपालिका ११ वडामा सात सय ८८ घर खरले छाएको नगरपालिका सँग तथ्याङ्क भए पनि पहिलो पटक तीन सय घरधुरीको खरको छाना फेर्न लागेको हो । गरिब तथा विपन्न परिवारका खरले छाएका घरको छानो हटाएर जस्तापाताले छाउनका लागि राष्ट्रिय योजना आयोग बाट विशेष अनुदान स्परुप एक करोड, प्रदेश सरकार बाट ३० लाख र नारायण नगरपालिकाले विनियोजन गरेको ३० लाख गरी जम्मा एक करोड ६० लाख रुपियाँ विनियोजन गरेको नगरपालिकाले पहिलो चरण तीन सय घरधुरीको खरको छाना फेर्न जस्तापाता वितरण गरिएको छ ।
नारायण नगरपालिकाले खरका छाना हटाउने कार्यविधि निर्माण भएपश्चात् पहिलो चरण तीन सय घरका छना फेर्न लागेको नारायण नगरपालिका दैलेखले जानकारी दिएको छ । नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले कार्यविधि निर्माण गर्न नसक्दा रोकिएको खरको छना विस्थापित गर्ने अभियान कार्यविधि निर्माण गरे सँगै पहिलो चरणमा तीन सय घरधुरीलाई जस्तापाता वितरण गरेको बताए । उनले आर्थिक वर्षमा पहिलै यो कार्यक्रम सम्पन्न गर्ने भने पनि कोरोनाको महामारीका कारण रोकिएको भए पनि कोरोना महामारी घट्दो क्रममा गए सँगै उक्त अभियान सञ्चालन गरेको बताए । उनले भने यो आर्थिक वर्षमा तीन सय घरधुरी र आगामी दुई वर्षमा चार सय ८८ घरधुरीको छाना परिवर्तन गर्न योजनामा नगरपालिका रहेको छ ।
नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले लगातारको भारी वर्षा हुन थालेपछि जोखिममा रहेको विपन्न परिवारलाई प्राथमिकताका आधारमा पहिलो चरण जस्तापाता वितरण गरेको बताए । उनले स्थानीयले उहाँले खरको छानो भएका प्रतिघरलाई जस्तापाताको लागि ५० हजार रुपैयाँ उपलब्ध गराइएको बताए । उनले भने आर्थिक अभावका कारण खरको छाना मुनी बस्न बाध्य परिवारलाई सुरक्षित छानोमा ल्याउने नगरको प्रमुख उद्देश्य अनुसार त्यसले खरको छानो भएका घरमा आगलागी हुने जोखिम घटाउने र बर्सेनि चुहिने छानो परिवर्तन गर्नुपर्ने नगरबासीलाई सहज हुने छ ।
नारायण नगरपालिका दैलेखले थालेको खरको छाना विस्थापित गर्ने कार्यक्रम सञ्चालन गर्ने भने पनि अहिले पनि कार्यान्वयन हुन नसकेको भन्दै स्थानीयले समेत तत्काल कार्यान्वयन गर्न माग गरेका थिए । नारायण नगरपालिका वडा नः १०का नमराज विकले स्थानीय सरकारले ढिलै भए पनि आफ्नो घरको छना परिवर्तन गर्न सकेको भन्दै नगरपालिकालाई धन्यवाद दिए । उनले भने आर्थिक रूपमा कमजोर भएका परिवारका लागि निकै ठुलो सपना थियो सरकारले पुरा गरिदिएको छ ।
नारायण नगरपालिका वडा ३ का श्यामसुन्दर नेपालीले खरको छना फालेर जस्तापाताको छाना निर्माण गरे सँगै आफूहरूलाई बर्सेनि छाना बदल्ने झन्झट बाट मुक्त हुन पाएको खुसी भएको बताए । उनले बर्षेनि कहिले पाल माग्नु पर्ने र कहिले खर खोज्न जानु पर्र्ने समस्या समाधान भएको बताए ।