Loading... आजः सोमवार, जेष्ठ ७, २०८१
Trending

६ महिने बालक सहित नौ जनामा कोरोना संक्रमण


दैलेख :  कर्णाली प्रदेशमा ६ महिने बालक सहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा कालिकोट जिल्लाको पाँचलझरना गाउँपालिका वडा नः ४ का छ महिने बालकमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत जिल्लाको बीरेन्द्रनगरपालिका वडा नः ४ को ६१ वर्षिया महिला,गुर्भाकोट नगरपालिका वडा नः ७ का २२ वर्षिय पुरुष, दुईजना, दैलेखको महावु गाउँपालिका वडा नः १ का ४६ वर्षिय पुरुष गरी जम्मा तीन जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा जुम्ला चन्दननाथ नगरपालिका वडा १ का १७ वर्षिय पुरुष वडा नः ३ का २० वर्षिया महिला वडा नः ६ का ३० वर्षिया महिला तिला गाउँपालिका वडा न ः ५ का २० वर्षिय पुरुष कालिकोट शुभगाउँपालिका वडा नः ५ का ११ वर्षिय पुरुष पाचलझरना गाउँपालिका वडा नः ४ का छ महिने बालकमा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्यमहाशाखाका जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले बताईन ।

यो संँगै कर्णालीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८ सय ८० पुगेको छ । कर्णालीका विभिन्न अस्पताल तथा आइसोलेसन १२ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन । कर्णालीमा ९३ जना कोरोना संक्रमित ब्यक्तिहरु उपचारमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।