Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

थपीए ३७८ जना संक्रमित डिस्चार्ज भए ४९९ जना


काठमाडौँ  :  नेपाल भर शनिवार कोरोना भाइरसका ३७८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा ४९९ जना कोरोनामुक्त भएर घर फर्केका जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जोगश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा मृत्यु भएका तीनजनामा सङ्क्रमणको पुष्टि भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । हालसम्म १६ हजार ३१३ जना कोरोनामुक्त भएका छन् । त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर ४ सय ९९ जना पनि कोरोना जितेर डिस्चार्ज भएका उनले बताए।

error: Content is protected !!