Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

विद्यार्थीलाई दिवा खाजाँ वितरण


दैलेख :  गत चैत ११ देखि सरकारले लकडाउन गरेको कारण विद्यालय बन्दा हुँदा विद्यार्थीका लागि आएको दिवा खाजा वितरण गरिएको गरिएको छ । विश्व खाद्य कार्यक्रम अन्तर्गत जिल्ला भरि १ सय ९९ विद्यालयका १९ हजार ७ सय विद्यार्थिलाइ १ सय ८७ टन खाद्यान्न वितरण गरिएको छ । तीन महिनादेखि विद्यालय बन्द भएपछि विद्यालयका बिद्यार्थीहरुले नियमित रूपमा खाने खाजा नपाएको र एकमुष्ट विद्यार्थी र विद्यार्थीको परिवारलाई बोलाएर दैलेखका विभिन्न वितरण केन्द्र मार्फत १ सय ३८ मेट्रिक टन चामल, ३९ सय मेट्रिक टन दाल, ८ हजार ९६४ मेट्रिक टन तेल वितरण वितरण गरिएको हो । शिक्षाका लागि खाद्य कार्यक्रम अन्तर्गत उक्त चामल विद्यार्थीका अभिभावहरूलाई बोलाएर वितरण गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम इकाई कार्यालय दैलेखले जानकारी दिएको छ ।

खाद्य कार्यक्रम इकाई कार्यालय दैलेखका इकाई प्रमुख कृष्णप्रसाद रेग्मीले कोरोना भाइरस सङ्क्रमणका विद्यालय बन्द भएको अवस्थामा विद्यार्थीका लागि नियमित आएको खाजा विद्यार्थीका अभिभावक बोलाएर वितरण गरेको बताए । उनले लकडाउनका कारण समस्यामा परेका विद्यार्थी र विद्यार्थीका परिवारलाई समेत खाद्यान्नमा सहयोग पुग्ने उद्देश्यले चामल,तेल,दाल विद्यार्थीका अभिभावकलाई बोलाएर वितरण गरिएको बताए । उनले खाजा वितरण केन्द्र,नौमुले,बेस्तडा,महावु,ठाटिकाँध,राकमकर्णाली,घोडाबास,डुगेश्वर वितरण केन्द्र बाट वितरण गरिएको बताए

त्यो सँगै दैलेखको नारायण नगरपालिका वडा नं. १ को नमुना बस्तीमा बसोबास गर्ने ४५घर विपन्न, बादी समुदायलाई खाद्यान्न वितरण गरिएको छ । विश्व खाद्य कार्यक्रमका लागि देशभर खटिएका कर्मचारीहरूले आफ्नो व्यक्तिगत रकम जम्मा गरेर खाद्यान्न वितरण गर्ने कार्य अन्तरगत दैलेखको नमुना बस्तीमा खाद्यान्न वितरण गरिएको हो । नारायण नगरपालिका वडा नंं १ दैलेखको समन्वयमा प्रति घर ३० केजी चामल, ३ केजी दाल, १ लिटर तेल, २ के.जी. नुन वितरण गरिएको बताइएको छ । नमुना बस्तीकी अगुवा पवित्रा बादीले लक डाउनको अवधिमा समस्यामा परेका दैनिक मजदुरी गरेर गुजारा चलाउने बादी समुदायलाई राहतले निकै सहयोग पुगेको बताईन ।