Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

पुन नेपालमा बढ्दै कोरोना संक्रमित

काठमाडौँ : नेपालमा शुक्रबार २ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको छ। नोपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ३१६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले बताए । उनले पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको छ। यस्तै, शुक्रबार १ सय ५१ जना डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार ३ सय ९९ जना निको भएका छन्।