Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

प्रधानमन्त्रीको विकल्प खोज्ने बेला आएको छैन : मन्त्री भट्ट

काठमाडौँ :  नेकपा स्थायी समिति सदस्यसमेत रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताएका छन्। बिहीबार रिपोर्टस क्लबमा भट्टले भने, ‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो। पार्टीले सरकारलाई सहयोग गर्छ। पार्टी भनेको सबै हो। अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन। भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक–थ्रु’ हुनुपर्ने बताए।

उनले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि विश्वास व्यक्त गरे। अर्का अध्यक्ष केपी शर्मा ओलीको गुट छाडर ओलीतिर लागेका भट्टले भने, ‘सबै एकै ठाउँमा आउनुहुन्छ। र, सहमति हुन्छ। सहमतिको विकल्प छैन्।’आफ्नो पार्टीका नेताहरूको कल्चर नै निकै बहस, छलफल गर्ने र निश्कर्षमा सहमतिबाटै परीणाम निकाल्ने रहेकोले अहिले पनि सहमति हुने उनको दाबी छ। उनले भने,‘पार्टी एकता, संघर्ष र रुपतान्तरणबाटै चल्ने हो।’

उनले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने र सहमतिको विकल्प नभएको जिकिर गरे। यद्धपी उनले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आरोप लगाए। उनले भने, ‘तर, हामी ती प्रवृत्तिलाई पराजित गरेरै अघि बढ्छौं ।’ वर्तमान सरकारले गरेका राम्रा काम र यसका उपलब्धिहरु जनतासमक्ष लगिने पनि बताए।