Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

मल नपाउँदा किसान चिन्तीत


सुर्खेत :  खेत रोपाई सकेर गोड्ने बेलामा सम्म पनि मल नपाँदा किसान चिन्तीत भएका छन । धान रोप्दा र गोड्दा रासायनिक मलको प्रयोग गर्ने कृषकहरु यो वर्ष मलको अभावमा चिन्तित भएका हुन ।
कोरोना भाइरसको महामारीबाट सरकारले जारी गरेको लकडाउनका कारण रासायनिक मल नआएपछि मलकै अभावमा खेत रोपेका कृषकहरु अभावमैं खेत गोड्न सुरु गरेका छन । मल नपाएपछि यो बर्ष धान उत्पादनमा कमी आउँने चिन्ताले किसानलाई पिरोलेको छ ।

‘खेत रोप्ने बेला देखि अहिले गोड्नेबेलासम्म मल पाएका छैनौं । युरिया मलका लागि बजारभरी भुमियो तर कहिँ मल पाउन सकिएन,’ वीरेन्द्रनगर नगरपालिका वडा –४ की कृषक अग्नी चौधरीले भनिन्,‘हामी जस्ता कृषकले कहिले मल पाउने सरकार भन्दै प्रश्न गरेकी छिन । उनले जहान केटाकेटी पाल्नका लागि भएपनि बटैया (अधिया) मा रोपिएको धानमा मल नहुादा उब्जनी कम हुने बताइन् ।

वीरेन्द्रनगर–३ पटेनीका कृषक ओमप्रसाद भण्डारीले अघिल्ला वर्षहरुमा मल हालेका कारण राम्रै उब्जनी गरेको बताउँदै खेतमा मल नहालेपछि उब्जनी कम भएर भोकमरी हुनसक्ने बताए । चौधरी र भण्डारी मात्रै होइनन् कर्णालीका अधिकांश कृषकहरु मल नपाएर समस्यामा परेका छन् । स्थानीय स्तरमा मल विक्रिका लागि अनुमति पाएका सहकारी तथा संघ संस्थाले समेत मल उपलब्ध गराउन सकेका छैनन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण कर्णालीमा मात्र मलको अभाव नभएर सिंगो नेपालभर यस्तो समस्या रहेको कर्णालीमा कृषकहरुलाई मल उपलब्ध गराउँदै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख टोपाराम केसीले जानकारी दिए ।